२०८३ असार ७ गते , आईतबार

अनेरास्ववियु झापाको अध्यक्षमा रोशन लामा

sajilo news
पार्थ मण्डल
२०७८ पौष २० गते , मंगलबार
अनेरास्ववियु झापाको अध्यक्षमा रोशन लामा

झापा । अनेरास्ववियु झापाको २० औं झापा जिल्ला अधिवेशनले अध्यक्षमा रोशन लामालाई सर्वसम्मत चयन गरेको छ । आज बिर्तामोडमा भएको अधिवेशनको बन्दशत्रले लामालाई अध्यक्ष चयन गरेको हो । पदाधिकारीमा अध्यक्ष र उपाध्यक्ष बाहेक अन्य पद्मा टुङ्गो नलागेपछि आधिकारिक घोषणा गर्न बाँकी छ ।

अहिले बन्द शत्र चलिरहेको छ । अध्यक्षमा लामा र उपाध्यक्षमा लक्ष्मी गौली सर्वसम्मत भइसकेका छन् । ३९ सदस्यीय कमिटी सर्वसम्मत भएको हो । ३९ मध्येबाट पदाधिकारी चयन गर्ने काम जिल्ला पार्टी कार्यालय बिर्तामोडमा चलिरहेको छ । सचिव,सहसचिव र कोषाध्यक्ष चयनका लागि नेतृत्व बिचमा छलफल जारी रहेको बुझिएको छ ।

३९ भित्र प्रविन पाठक, प्रदिप बस्नेत, विक्रम तिवारी, धर्मेन्द्र राजवंशी, चिरञ्जीवी खतिवडा, अनुप भण्डारी, उज्वल प्रसाई, श्रेया ढकाल, सन्दिप श्रेष्ठ, सन्तोष धमला, प्रदीप बर्देवा, सरोज ढकाल, रितेश गिरी, सविन आचार्य, इश्वर नेपाल, निर बहादुर प्रधान, रविन गुप्ता, अरुण तिम्सिना, सुरज कोइराला, रोशन भुजेल, योगेश भण्डारी, क्षिति खड्का, सविन सिटौला,इन्द्र अधिकारी, रोशन लामा, लक्ष्मी गौली बलराम गिरी, नारायण पोखरेल,बालचन्द्र कार्की, पुजा सुवेदी, रचना अधिकारी, अनुजा शर्मा, संस्कृति रिजाल, विनिता न्यौपाने , सलिना गुरुङ,विधान राई, समिउल अलि परेका छन् । पदाधिकारीमा चयन हुने बाहेक सबै सदस्य रहने बताइएको छ ।

अधिवेशनको उद्घाटन शत्रलाई अनेरास्ववियुको केन्द्रीय अध्यक्ष सुनिता बराल, एमालेका स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नि खरेल, प्रदेश सांसद् बसन्त बाँनिया, एमाले झापाका सचिवालय सदस्य एवम् अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य असारु राजवंशी, अनेरास्ववियुका सचिवालय सदस्य दिपेश दाहाल लगायतले सम्बोधन गरेका थिए ।

सम्बन्धित समाचार