२०८३ जेष्ठ ३१ गते , आईतबार
इलाममा भाइले गरे दाजुको हत्या
इलाम । इलामको सन्दकपुरमा भाइले आफ्नै दाजुको हत्या गरेका छन्। गाउँपालिका–१ चाँपगैरीका ३० वर्षे चक्र मुखियाले सोमबार साँझ करिब पौने ७ बजे ३५ वर्षीय दाजू इच्छा मुखियाको धारिलो हतियार प्रहार गरी हत्या गरेको इलाम प्रहरीले जनाएको छ।
मदिरा पिएर दाजुसँग वादविवाद गर्दा आवेगमा चक्कु प्रहार गर्दा दाजुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले भाइ चक्रलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। प्रहरीका अनुसार वादविवादको घटनाले हत्याको रूप लिनु पर्ने कारणबारे अनुसन्धान सुरू भएको छ।