२०८३ असार १० गते , बुधबार

मकैबारीमा महिलाको शव भेटियो

sajilo news
झापा
२०८३ असार १० गते , बुधबार
मकैबारीमा महिलाको शव भेटियो

दाङको तुलसीपुरमा  एक महिलाको शव फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका –१३ गिदिनियाकी ६० वर्षीया चेच्या चौधरी आफ्नै घर नजिकको मकै बारीमा मंगलबार बेलुकी मृत अवस्थामा फेला परेकी हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक अशिम हमालका अनुसार शव पोस्टमर्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ । 

मृतकले मदिरा सेवन गरेको प्रारम्भिक अनुसन्धान बाट खुलेको प्रहरीले जनाएको छ। तुलसीपुर – १३ का वडाध्यक्ष मोहन पौडेलका अनुसार मृतक महिला तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर श्यानी चौधरीकी माइली भाउजु हुन्।

सम्बन्धित समाचार