२०८३ असार १० गते , बुधबार

काँकडभिट्टामा लागूऔषधसहित एक युवक पक्राउ

sajilo news
झापा
२०८३ असार १० गते , बुधबार
काँकडभिट्टामा लागूऔषधसहित एक युवक पक्राउ

भारतबाट लागूऔषध लिएर आउँदै गर्दा अर्जुनधाराका एक युवक पक्राउ काँकडभिट्टामा पक्राउ परेका छन्। गएराति ८ बजे मेचीनगर-६ स्थित पुरानो मेची पुलमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका अर्जुनधारा-११ बस्ने २२ वर्षीय प्रमेश रत्नेलाई पक्राउ गरेको हो ।

उनको साथबाट प्लास्टिक बाहेक २ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर फेला परेको छ । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।

सम्बन्धित समाचार