२०८३ जेष्ठ ३१ गते , आईतबार
फुल टिप्न निस्किएकी मेचीनगरकी पद्माको हात्तीको आक्रमणबाट मृत्यु
झापामा जंगली हात्तीको आक्रमणबाट एकजना वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका-४ स्थित वडा कार्यालय अगाडी बस्ने ६२ वर्षीया पद्मा पौडेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
स्थानीयका अनुसार वृद्धा पौडेल बिहानै उठेर पूजाका लागि फुल टिप्न आँगनमा पुगेका थिए । गाउँमा हात्ती आएको भन्दै स्थानीयले कराउँदै थिए । गाउँमा हात्तीको आएको थाहा पाएर घरभित्र पस्न खोज्दा हात्तीले कुल्चिदा उनको घटनास्थलमै मृत्यु हो । पद्मासँगै रहेका अन्य दुई जनाले भने लुकेर ज्यान जोगाएको स्थानीय बताउँछन् ।
घटना पश्चता प्रहरी चौकी बाहुनडाँगी र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोली घटनास्थल पुगेका थिए । प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रियापश्चात् पोस्टमार्टमको लागि शव प्रादेशिक अस्पताल भद्रपुरमा पठाएको भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।