२०८३ जेष्ठ ३१ गते , आईतबार
११ रुपैयाँले घट्यो पेट्रोल मूल्य
नेपाल आयल निगमले आइतबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ। यसैगरी डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ। यो मूल्य घटेसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेलको १६८ रुपैयाँ पर्नेछ।
स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ। भारतीय आयल कर्पोरेशन आईओसीबाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ।