२०८३ असार १० गते , बुधबार

पेसागत महासंघ झापाको अध्यक्षमा भण्डारी

sajilo news
झापा
२०७९ श्रावण २१ गते , शनिबार
पेसागत महासंघ झापाको अध्यक्षमा भण्डारी

(रोहित काफ्ले) भद्रपुर । नेकपा एमालेनिकट पेसागत महासंघ झापाको अध्यक्षमा तुलसीप्रसाद भण्डारी चयन भएका छन्।  महासंघको आज बिर्तामोडमा सम्पन्न सातौँ जिल्ला अधिवेशनले भण्डारीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

सबै पद सर्वसम्मत भएको समितिको उपाध्यक्षमा उमानाथ प्याकुरेल, महिला उपाध्यक्षमा सीता भण्डारी, सचिवमा नेत्रप्रसाद पोखरेल, सहसचिवमा भीमप्रसाद भट्टराई र कोषाध्यक्षमा डिकेन्सन पाण्डे चयन भएको छ भने महेश लामिछाने, कृष्णप्रसाद पराजुली, धनराज इम्बुङ, मदन पौडेल, बाबुराम पोखरेल, ललितकुमार लिम्बू, टिकामाया दवाडी र सावित्रा फूँयल सदस्यमा चयन भएका छन्। तारानाथ दाहाल र उमानाथ भण्डारीलाई सदस्यमा मनोनीत गरिएको छ ।

अधिवेशनले रञ्जना डाँगी, तारादेवी विश्वकर्मा, सुभाषकुमार विक, रमेश आचार्य, मानबहादुर कार्की, कृष्णप्रसाद अधिकारी, फडिन्द्रबहादुर कटुवाल र लक्ष्मीपसाद अधिकारीलाई प्रदेश प्रतिनिधिमा चयन गरेको छ ।

बिर्तामोडस्थित पार्टी कार्यालयमा आयोजित अधिवेशनको एमाले झापा अध्यक्ष दीपक कार्कीले उद्घाटन गरेका थिए । पेसागत महासंघ झापाका अध्यक्ष रामप्रसाद दवाडीको अध्यक्षतामा आयोजित अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्कीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन घोषणा भइसकेकोले सबै पेसाकर्मीहरूलाई चुनावी अभियानमा लाग्न निर्देशन दिए । उजले यो वा त्यो बहानामा एमालेलाई हार्न छुट नरहेको बताउँदै पार्टीले पनि जनप्रिय नेतालाई उम्मेदवार बनाउने बताए ।

पेसागत महासंघका स्थायी कमिटी सदस्य एवम् १ नं प्रदेश अध्यक्ष देवराज कार्की, स्थायी कमिटी सदस्य राजकुमार गिरी, महासंघका राष्ट्रिय समिति सदस्य डम्बर देउजा, नेकपा एमाले झापाका उपसचिव असारु राजवंशीलगायतले शुभकामना मन्तव्य राखेको समारोहको सञ्चालन सचिव तुलसीप्रसाद भण्डारी र स्वागत सहसचिव नेत्रप्रसाद पोखरेलले गरेका थिए। अधिवेशनको बन्द सत्रले अध्यक्षको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गरेको थियो ।  

सम्बन्धित समाचार