२०८३ असार ९ गते , मंगलबार
दमकमा ट्रकको ठक्करबाट भुटानी शरणार्थी वृद्धको मृत्यु
झापाको दमकमा ट्रकको ठक्करबाट भुटानी शरणार्थी शिविरका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलडाँगी शरणार्थी शिविर (ए–४ अन्तर्गत हट नम्बर २८५) मा बसोबास गर्दै आएका ८० वर्षीय इन्द्र भट्टराई रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दमक नगरपालिका–३ बाङ्गेचोकस्थित सडकमा मे १ क ८७९ नम्बरको ढलान मसला (रेडीमिक्स कङ्क्रिट) बोकेको मिक्सर ट्रकले मङ्गलवार दिउँसो साइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका भट्टराईको दमक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न मिक्सर ट्रक र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।