२०८३ असार १० गते , बुधबार

सप्तकोसी नदीमा पानीको बहाव उच्च

sajilo news
झापा
२०७९ श्रावण २१ गते , शनिबार
सप्तकोसी नदीमा पानीको बहाव उच्च

सप्तकोसी नदीमा पानीको बहाब उच्च भएको छ। शनिबार ४ लगातारको वर्षाका कारण शनिबार दिउँसोदेखि सप्तकोसीमा पानीको बहाब बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ति बालिएको छ।
सप्तकोसीमा शनिबार ४स्५० बजे पानीको बहाब प्रतिसेकेण्ड २ लाख २५ हजार ३ सय ५० क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। उनले पानीको बहाब बढेपछि कोसी ब्यारेजका ५६ मध्ये ३३ ढोका खोलिएको बताए। सप्तकोसीमा पानीको बहाब एक लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ।

भारतको नियन्त्रणमा रहेको कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण कोसी गाउँपालिका र बराहक्षेत्र नगरपालिकाको खेतीयोग्य जमिन र मानव बस्ती डुबानमा परेको छ। सप्तकोसीमा पानीको बहाब उच्च भएपश्चात् सुनसरी, उदयपुर र सप्तरी प्रशासनले कोसी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

सप्तकोसीले पश्चिमतर्फ कटान गर्दा सुनसरी र उदयपुरको श्रीलंका टापु डुबानमा परेको छ। सप्तकोसीका सबै ढोका नखोलिएका कारण यस क्षेत्र अझै डुबानमा पर्ने भएकाले कोसी ब्यारेजका सबै ढोका खोल्न स्थानीयले माग गरेका छन्।

सम्बन्धित समाचार