२०८३ असार १० गते , बुधबार
नुवाकोट केन्द्रविन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प
नुवाकोटलाई केन्द्रविन्दु बनाएर बिहानै भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेलकोट गढीलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर २६ मिनेटमा ५।३ रेक्टर स्केलको भूकम्प गएको हो।
काठमाडौँलगायत आसपासका जिल्लामा पनि भूकम्पको महशुस गरिएको छ । यसअघि आइतबार बिहान ८ स् १३ बजे खोटाङको साकेला गाउँपालिकालाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो। केन्द्रका अनुसार २०७२ वैशाख १२ को विनाशकारी भूकम्पको परकम्पकै रूपमा यी स–साना भूकम्प भइरहेका हुन्।