२०८३ असार १० गते , बुधबार

साइकलको ठक्करबाट एक वृद्धको मृत्यु

sajilo news
मोरङ
२०७९ श्रावण २० गते , शुक्रबार
साइकलको ठक्करबाट एक वृद्धको मृत्यु

मोरङको विराटनगर महानगरपालिका–१९ मिलन चोकमा साइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदल यात्री मोरङकै ग्रामथान गाउँपालिका–२ का ७० वर्षीय हर्कदेव सरदार रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगर स्थित गोल्डेन अस्पतालमा मृत्यु भएको हो । ग्रामथान गाउँपालिका–२ कै ३५ वर्षीय विनोद मोडियारीले चलाएको साइकलले आज बिहान साढे ७ बजे वृद्धलाई ठक्कर दिएको थियो । दुर्घटना पश्चात् साइकल यात्री फरार भएकोले खोजी भइरहेको प्रहरी चौकी झोराहाट मोरङले जनाएको छ ।

 

सम्बन्धित समाचार