वीरेन्द्र क्याम्पसका विद्यार्थीलाई लागु औषध दुर्व्यसनी सम्बन्धी जनचेतना
भद्रपुर । भद्रपुरमा लागु औषध प्रयोगकर्ताहरूलाई निरुत्साहित पार्ने उद्देश्यले एक दिने लागु औषध दुर्व्यसनी सम्बन्धी जनचेतना मूलक कार्यक्रम सम्पन्न गरिएको छ ।
चन्द्रगढी सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा शुक्रवार सम्पन्न कार्यक्रममा वीरेन्द्र नमुना क्याम्पस चन्द्रगढीमा स्नातह प्रथम वर्षमा अध्ययनरत एक सय भन्दा बढी विद्यार्थीहरूलाई प्रशिक्षण प्रदान गरिएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरुप्रसाद तिमल्सिनाले सहजकिरण गरेका थिए ।
क्याम्पस प्रमुख विवेक पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको औचित्यमाथि केन्द्रका वरिष्ठ उपाध्यक्ष बाबुराम कार्कीले प्रकाश पारेका थिए ।
केन्द्रका अध्यक्ष दुर्गाप्रसाद पाठकको अध्यक्षतामा भएको कार्यक्रममा संंचालन केन्द्रकी प्रहरी हवल्दार अमरकुमारी खड्का र प्रहरी जवान मनिषा अधिकारीले संयुक्त रुपमा गरेको कार्यक्रममा गणेश पौडेलले शुभकामना मन्तव्य राखेको थिए ।