२०८३ असार १० गते , बुधबार

इन्जिनमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको आकस्मिक अवतरण 

sajilo news
झापा
२०७९ श्रावण १९ गते , विहीबार
इन्जिनमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको आकस्मिक अवतरण 

श्री एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरेको छ । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको  केहीबेरमै जहाजको बायाँ इन्जिनमा धुवाँ देखिएपछि जहाज सोही विमानस्थलमा अवतरण गराइएको नेपालगन्ज विमानस्थलका प्रमुख सुरेश खनालले जानकारी दिए।

विमानस्थलका अनुसार जहाज नेपालगञ्ज विमानस्थलबाट बिहान ९ बजेर ४९ मिनेटमा उडेको थियो। १० किलो मिटर उडान भरिसकेपछि बायाँ इन्जिनमा समस्या देखिएपछि ९ बजेर ५६ मिनेटमा सोही विमानस्थलमा अवतरण गराइएको हो। जहाजमा चालक दलका  ४ सदस्यसहित ८३ जना यात्रु थिए। जहाजमा सबै यात्रु सकुशल रहेको र सबैलाई बाहिर निकालिएको छ।  

सम्बन्धित समाचार