२०८३ असार १० गते , बुधबार
बसबाट लडेर एक वृद्धको मृत्यु
बसबाट लडेर एक वृद्धको मृत्यु भएको छ । मोरङको कानेपोखरी गाउँपालिका- २ स्थित सडक खण्डमा बसबाट लड्दा कानेपोखरी २ का ७३ वर्षीय बलभद्र पराजुलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान ११ बजे कानेपोखरीबाट रङ्गेली तर्फ आउँदै गरेको को १ ख ४१८८ नम्बरको बसमा सवार रहेका पराजुली बसबाट ओर्लने क्रममा लडी घाइते भएका थिए । घाइते पराजुलीको रङ्गेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालक रतुवा माई नगरपालिका २ का बाबुराम टुडुलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ ।