२०८३ असार १० गते , बुधबार

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु 

sajilo news
झापा
२०७९ श्रावण १७ गते , मंगलबार
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु 

मोबाइल फोन चार्ज गर्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक जनाको मृत्यु भएको छ ।  दुधौली नगरपालिका- १४ सिन्धुली घर भई कटारी नगरपालिका ६ साथीको घरमा गएका १९ वर्षीय विपिन बिकको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

मंगलबार दिउँसो १ बजे मल्टिप्लकमा मोबाइलमा चार्ज लगाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका बिकलाई उपचारको लागी कटारी अस्पताल लगिएको र उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । 

सम्बन्धित समाचार