२०८३ असार १० गते , बुधबार

पेट्रोलियम ढुवानी व्यवसायी महासंघको आन्दोलन फिर्ता

sajilo news
झापा
२०७९ श्रावण १५ गते , आईतबार
पेट्रोलियम ढुवानी व्यवसायी महासंघको आन्दोलन फिर्ता

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आन्दोलन फिर्ता लिएको छ । नेपाल आयल निगमले माग पूरा हुने प्रक्रियामा रहेकाले आन्दोलन फिर्ता लिने आग्रह गरेसँगै महासंघले पूर्वघोषित आन्दोलन फिर्ता लिएको हो । 
यसअघि महासंघले सोमबारदेखि आन्दोलनमा होमिने घोषणा गरेका थिए । २०७८ चैत १९ गते मध्यरातमा नेपाल आयल निगम र महासंघबीच भएको सम्झौता निगमले कार्यान्वयन नगरेको भन्दै महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । आजै नेपाल आयल निगमल तत्काललाई आन्दोलन फिर्ता गर्न अनुरोध गरेको थियो । निगमले संचालक समिति अध्यक्ष विदेशबाट आउने बित्तिकै महासंघको माग सम्बोधन गर्ने भएकाले अहिलेलाई आन्दोलन फिर्ता लिन अनुरोध गरेको थियो । सोही अनुसार महासंघले आन्दोलन फिर्ता गरेको हो ।  

सम्बन्धित समाचार