२०८३ असार १० गते , बुधबार

काँकडभिट्टामा लत्ताकपडा र जुत्ता बरामद

sajilo news
झापा
२०७९ श्रावण १५ गते , आईतबार
काँकडभिट्टामा लत्ताकपडा र जुत्ता बरामद

झापा । झापा प्रहरीले काँकडभिट्टाबाट डेढ लाख मुल्य भन्दा बढीको लत्ताकपडा र जुत्ता बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका- ६ स्थित गैरीगाँउमा आइतबार बिहान साढे १० बजे भारतबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको साडी, कुर्था सुरुवाल, कुर्थी, लेगिज, सटको थान कपडा गरी एक लाख ६ हजार मुल्य बराबरको सामान बरामद गरेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बेलुका ५ बजे मेचीनगर ६ मा भारतबाट भन्सार छलेर ल्याएको ६० हजारको स्पोर्टस जुत्ता बरामद गरेको छ । बरामद गरिएको लत्ताकपडा र जुत्तालाई आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको डीएसपी पाठकले बताए । 
 

सम्बन्धित समाचार