२०८३ असार १० गते , बुधबार

सेनाद्वारा झापामा निर्मित विद्यालय भवनको उद्घाटनसँगै हस्तान्तरण

sajilo news
झापा
२०७९ श्रावण १५ गते , आईतबार
सेनाद्वारा झापामा निर्मित विद्यालय भवनको उद्घाटनसँगै हस्तान्तरण

नेपाली सेनाले झापा गाउँपालिका– ७ मदरगाछस्थित जनकल्याण माध्यमिक विद्यालयको भवन निर्माण गरिदिएको छ ।  नेपाली सेना पूर्वी कमान्ड हे।क्वाको बजेटबाट निर्मित विद्यालय भवनको आइतबार एक कार्यक्रमका बीच कमान्डका सेनापति उपरथी सहदेव खड्काले उद्घाटन गरेका हुन् । 
उद्घाटन पश्चात् उपरथी खड्काले विद्यालयका प्रधानाध्यापक पदमप्रसाद अधिकारीलाई भवन हस्तान्तरण गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै उपरथी खड्काले भने, ‘नेपाली सेना जनश्रमदानको लागि सधैँ तयार छ, नागरिक–सैनिक सम्बन्ध विस्तार योजना अन्तर्गत नै विद्यालय भवन बनाइएको हो ।’ 
उनले युद्ध बाहेकका सैन्य गतिविधिहरूलाई थप प्रभावकारी बनाउने लक्ष्य अनुसार नागरिक र सैनिकबीचको सम्बन्ध अभिवृद्धि गर्नलाई वातावरण सुधार तथा संरक्षण, प्रकोप व्यवस्थापन, धार्मिक र सांस्कृतिक क्षेत्र र भौतिक पूर्वाधार निर्माण लगायतको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको बताए । 
३२ लाख १८ हजार ८५५ रुपैयाँको लागतमा निर्मित सो विद्यालयमा भवनमा एउटा कक्षा कोठा, एउटा सभा हल र दुई वटा शौचालय निर्माण गरिएको छ । 
कार्यक्रममा झापाका जिल्लाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, विद्यालय व्यवस्थापनका अध्यक्ष जीवनाथ लम्साल शिक्षक, सञ्चारकर्मी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।  
 

सम्बन्धित समाचार