२०८३ असार १० गते , बुधबार

वडा तथा टोलमा समान न्यायको पहुँच पुग्नु पर्नेमा जोड

sajilo news
रेवतीराज घिमिरे
२०७९ श्रावण १३ गते , शुक्रबार
वडा तथा टोलमा समान न्यायको पहुँच पुग्नु पर्नेमा जोड

भद्रपुर । झापाका सबै स्थानीय तहका वडा तथा टोल विकास संस्थाहरूसम्म समान न्यायको पहुँच पुग्नु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।   
झापाको भद्रपुरमा शुक्रवार आयोजित कानुनी परामर्श केन्द्र ल्याक झापाको आयोजनामा न्यायमा पहुँच अभिवृद्धिका लागि सरोकारवाला सँगको समन्वयात्मक बैठकमा सहभागीहरूले यस्तो बताएका हुन् । बैठकमा बोल्दै भद्रपुर वडा नम्बर ७ र १० का वडा अध्यक्षहरू टेकबहादुर खड्का ९काजी० र अभिषेक ढुङ्गानाले वडामा शिक्षित र सम्पन्न परिवार भित्रबाट अंशबन्डा र सम्बन्ध विच्छेद गरी पाउँ जस्ता निवेदनहरू लिएर महिला तथा पुरुष दुवै पक्ष आउने गरेको बताए । 
अधिकांश शिक्षित र पहुँचवाला  महिलाहरू नै घरेलु हिंसामा परेको उजुरी लिएर वडा आउने गरेको बताउँदै उनीहरूले अन्यायमा पर्ने वास्तविक गरिब र अशक्तले  न्यायालय सम्म आउन नसकेकाले न्यायालय आउने वातावरण बनाइनु पर्नेमा जोड दिए । 
अपाङ्ग सङ्घ झापा अध्यक्ष ऋषि चापागाईँले सहारा विहीनलाई सङ्घले उचित न्याय दिन  समस्या भएको बताए । कार्यक्रममा भद्रपुर नगरपालिकी उपप्रमुख राधा कर्की, हल्दीवारी गाउँपालिकाकी उपप्रमुख लक्ष्मी  मैनाली, एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारी, कानुन  व्यवसायी यज्ञलक्ष्मी चौम्लगाई, झापा  वारका अध्यक्ष हरि अधिकारी, साना हातहरू नेपाल भद्रपुर शाखा इन्चार्ज विक्रम वाग्ले, भद्रपुर नगरपालिका न्यायिक शाखाका कर्मचारी राजेन्द्र ढकाल लगायतले आआफ्नो जिज्ञासा राखेका थिए । 
अञ्जना खनालले बैठकको उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रमको अध्यक्षता रक्षा रिसाल र  सञ्चालन परामर्श केन्द्रकी संयोजक उमा कार्कीले गरेका थिइन् । 
कार्यक्रममा ल्याकका कानुन अधिकृत दीपेन्द्र भट्टराई, प्रहरी सहायक निरीक्षक साजन प्रसाईँ, सरकारी वकिल कार्यालयकी सहायक न्यायधिवक्ता सरिता कट्टेल लगायतको उपस्थिती रहेको थियो । 

सम्बन्धित समाचार