२०८३ असार १० गते , बुधबार
सर्पदंशबाट झापामा एक महिला स्वास्थ्य स्वयंसेविकाको मृत्यु
झापा । सर्प दंशबाट झापामा एक महिला स्वास्थ्य स्वयंसेविकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका- ११ स्थित बनियागाँउ निवासी ५१ वर्षीया रुपा मैनाली (उप्रेती) रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।
प्रहरीका अनुसार बिहीबार राती साढे ११ बजे उप्रेतीलाई घरभित्रै विषालु सर्पले बायाँ खुट्टामा डसेका थिए । सर्पको डसाइबाट घाइते भएकी उनलाई उपचारका लागि सर्प दंश उपचार केन्द्र चारआली पठाएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा लगिएको र उनको सोही अस्पतालमा उपचारको क्रममा मध्यराती साढे १२ बजे मृत्यु भएको डीएसपी पाठकले बताए । उनी धाइजन स्वास्थ्य चौकी अन्तरगत मेचीनगर- ११ मा सामुदायिक स्वास्थ्य स्वयंसेविकाको रुपमा कार्यरत थिइन् ।