२०८३ असार १० गते , बुधबार

विराटनगरबाट काठमाडौं उड्न लागेको यति एयरलाइन्सको जहाजमा खराबी, यात्रु ओरालियो

sajilo news
मोरङ
२०७९ श्रावण १३ गते , शुक्रबार
विराटनगरबाट काठमाडौं उड्न लागेको यति एयरलाइन्सको जहाजमा खराबी, यात्रु ओरालियो

विराटनगर  । विराटनगरबाट ६० जना यात्रु लिएर काठमाडौंका लागि उड्न लागेको यति एयरलाइन्सको जहाजमा खराबी आएको छ। शुक्रबार बिहान ७:३० बजे काठमाडौं प्रस्थान गर्ने तयारी गर्दैगर्दा खराबी आएपछि जहाजलाई विराटनगर विमानस्थलमै राखिएको छ। 

बिहीबार साँझ काठमाडौंबाट आएर ‘नाइट स्टप’ गरिएको वाईटी ७८६ उडान नम्बर र एमएम कल साइनको जहाजको इन्डिकेटरमा खराबी देखिएको यति एयरलाइन्स विराटनगरका स्टेशन म्यानेजर प्रेम कुँवरले जानकारी दिए। 

उनका अनुसार काठमाडौं जाने तयारीमा रहेका सबै यात्रु जहाजमा चढिसकेका थिए। ‘यात्रुहरु सिटमा बसिसकेपछि जहाज ‘स्टार्ट’को तयारी हुँदै थियो,’ कुँवरले भने, ‘तर खराबी देखिएपछि यात्रुलाई ओरालिएको छ।’ काठमाडौंबाट बिहीबार साँझ यात्रु लिएर आएको जहाजलाई विराटनगर विमानस्थलमै राखिएको थियो। 

जहाजमा आएको समस्याको पहिचानका लागि काठमाडौंबाट प्राविधिक झिकाइसकिएको कुँवरले बताए। ‘जहाजमा कहिले काहीँ यस्तो समस्या आइरहन्छ। यो सामान्य कुरा हो,’ उनले भने, ‘प्राविधिक आएर चेकजाँच गरिसकेपछि समस्या पत्ता लाग्छ। प्राविधिकले पहिचान गरेर समस्याको समाधान गरिसकेपछि उडान नियमित हुन्छ।’ यात्रुलाई गन्तव्यमा पुर्‍याउनका लागि काठमाडौंबाट अर्को जहाज आउने क्रममा रहेको यति एयरलाइन्सले जनाएको छ। अन्नपूर्ण पोष्टबाट

सम्बन्धित समाचार