२०८३ असार १० गते , बुधबार

पौडी खेल्ने क्रममा डुबेर झापामा एक बालकको मृत्यु

sajilo news
झापा
२०७९ श्रावण ११ गते , बुधबार
पौडी खेल्ने क्रममा डुबेर झापामा एक बालकको मृत्यु

झापाको बुद्धशान्ति गाउँपालिका ६ मा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ । हिजो (मंगलबार) दिउँसो बुद्धशान्ति ४ का चन्द्र मावोको १२ वर्षीय छोरा इचिहाङ मावो कुलोको पानीमा पौडी खेल्ने क्रममा अचानक पानीमा डुवी मृत्यु भएको हो । मृतक बालकको शवलाई पोष्टमार्टमको लागि मेची अस्पताल पठाएको र घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट अन्य थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सम्बन्धित समाचार