२०८३ असार १० गते , बुधबार
भन्सार छलेका लत्ताकपडासहित एउटा मारुती भ्यान प्रहरी नियन्त्रणमा
मोरङमा अवैध लत्ताकपडा र खाद्यान्न सहित एउटा मारुती भ्यान प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका १६ स्थित दरैयाबाट प्रहरीले सो सामानसहित भ्यान नियन्त्रणमा लिएको हो ।
मङ्गलवार बेलुका साढे ७ बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अवैध रुपमा भन्सार छलेर नेपाल तर्फ आउँदै गरेको मे १च २२८६ नम्बरको मारुती भ्यानमा करिब ५ लाख १३ हजार ७ सय मुल्य बरावरको विभिन्न किसिमका लत्ताकपडा र खाद्यान्न बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर १५ स्थित रानी बस पार्कबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको ७६ बजार ९ सय बरावरको खाद्यान्न र विभिन्न किसिमका कपडा समेत बरामद गरेको छ ।