२०८३ असार १० गते , बुधबार

भारतमा अलपत्र परेका पाँच नेपाली बालबालिकाको उद्धार

sajilo news
झापा
२०७९ श्रावण १० गते , मंगलबार
भारतमा अलपत्र परेका पाँच नेपाली बालबालिकाको उद्धार

झापा । भारतमा अलपत्र परेका पाँच नेपाली बालबालिकाको उद्धार गरिएको छ । उद्धार गरी काँकडभिट्टा नाकाबाट नेपाल ल्याएका ती बालबालिकालाई प्रहरीको रोहबरमा परिवारजनलाई जिम्मा लगाइएको छ।

भारत पश्चिम बंगाल कलकत्तास्थित महावाणिज्यदूत ईश्वर राज पोख्रेलको पहलमा असम, दार्जिलिङ र सिलगुडीका आश्रमबाट ती बालबालिकालाई उद्धार गरिएको हो । उनीहरूको उद्धारका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टा र विश्व सेवा बिस्तार संस्थाले सहजीकरण गरेका थिए । 

उद्धार गरिएकाहरू मेचीनगरका १० वर्षीय सन्तोष रोक्का, भद्रपुरकी १५ वर्षीय प्रियङ्का कार्की, जनकपुरका ११ वर्षीय रोशन पञ्जिहार, चितवनका ८ वर्षीय किरण तामाङ र ९ वर्षीय मिलन तामाङ रहेका छन् । तामाङद्वय दाजुभाइ हुन् । काँकडभिट्टामा एक संक्षिप्त कार्यक्रमको आयोजना गरी परिवारजनलाई बोलाएर ती बालबालिकालाई जिम्मा लगाएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।

सम्बन्धित समाचार