२०८३ असार १० गते , बुधबार

रुखले किचेर स्कुटर चालकको मृत्यु, एक जना घाइते

sajilo news
झापा
२०७९ श्रावण ९ गते , सोमबार
रुखले किचेर स्कुटर चालकको मृत्यु, एक जना घाइते

सुनसरीको वराहक्षेत्र नगरपालिका-  ९  कोसी टप्पु वन्य जन्तु आरक्षणमा सिसौको रुखले किचेर स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका - ११ का २८ वर्षीय धिरज तामाङ रहेका छन् ।
आइतबार साढे ३ बजे कोसी टप्पु वन्य जन्तु आरक्षण स्थित घुम्ने क्रममा प्र. १-०२-०४४ प ६६८१ न. को स्कुटर चालक रहेका तामाङको सुकेको सिसौको रुख अचानक ढलेर किच्दा उनको घटनास्थालमै मृत्यु भएको थियो ।  स्कुटर पछाडि सवार धरानकै २८ वर्षीय संगेन्द्र विष्ट घाइते भएका थिए । घाइतेको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय  महेन्द्रनगरले जनाएको छ । 
 

सम्बन्धित समाचार