२०८३ असार १० गते , बुधबार

अपाङ्गता भएका व्यक्तिलाई सहायक सामाग्री वितरण

sajilo news
झापा
२०७९ श्रावण ८ गते , आईतबार
अपाङ्गता भएका व्यक्तिलाई सहायक सामाग्री वितरण

बिर्तामोड नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामाग्री वितरण गरेको छ । नगरपालिकाको कार्यालयमा सामाजिक विकास शाखाले आइतबार एक कार्यक्रमको आयोजना गर्दै व्हील चियर, सेतो छडी, लौरो, कम्बोड चियर, बैसाखी र बेल्ट वितरण गरेको हो ।

सामाग्री पाउनेहरूमा व्हील चियर १४ जना, सेतो छडी ५ जना, बैसाखी ६ जना, लौरो ३ जना, कम्बोड चियर १ जना र बेल्ट १ जना गरी जम्मा ३० जना रहेका छन् । उनीहरूलाई नगरप्रमुख पवित्रा महतारा प्रसाईँ, उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, कार्यपालिका सदस्य यामुना आचार्य र सामाजिक विकास शाखा प्रमुख डिल्ली दाहालले सामाग्री हस्तान्तरण गरेका हुन।
कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईँले राज्यले दिएको सुविधा सबै क्षेत्रमा पुगोस् भन्ने उद्देश्यले सामाग्री वितरण गरिएको बताए । यस प्रकारका सामाग्रीले दैनिक जीवनयापनमा केही सहयोग पुग्ने भन्दै उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। 

यस्तै उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौलाले वितरण गरिएका सामाग्रीहरूको भरपुर उपयोग गर्न सबैलाई आग्रह गरे । उनले अपाङ्गता भएका व्यक्तिहरूलाई सहज बनाउन नगरपालिका सधैँ तत्पर रहेको धारणा राखे।

स्थानीय अपाङ्गता भएका व्यक्तिको अधिकार समन्वय समितिका संयोजक नगर उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईँको प्रमुख आतिथ्यता रहेको थियो । सामाजिक विकास शाखा प्रमुख डिल्ली दाहालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

सम्बन्धित समाचार