२०८३ असार १० गते , बुधबार
सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु
सङ्खुवासभा र मोरङमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । सङ्खुवासभाको खाँदवारि नगरपालिका ९ स्थितमा बा २० च ९५०२ नम्बरको स्कारपियोले पैदल यात्री षडानन्द नगरपालिका- ५ भोजपुरकी भूमिका बिस्टको ३ बर्षीया छोरी मनिषा बिस्टलाई ठक्कर दिँदा घाइते भई उपचारको लागि स्थानीय मनकामना अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
त्यस्तै मोरङको सुन्दरहरैचा नगरपालिका- १० स्थित राजमार्गमा मे १ ख ३२३० नम्बरको बसले को ३७ प १४३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक इटहरी उपमहानगर पालिका २० तरहरा सुनसरीका २६ वर्षीय रोयल राईलाई उपचारको लागि कोसी अस्पताल विराटनगर पुर्याउनासाथ मृत्यु भएको हो । ठक्कर दिने दुवै सवारी र चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको ।