२०८३ असार १० गते , बुधबार

प्रेस युनियनको नयाँ नेतृत्व चयनका लागि आज मतदान

sajilo news
झापा
२०७९ श्रावण ७ गते , शनिबार
प्रेस युनियनको नयाँ नेतृत्व चयनका लागि आज मतदान

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुँदैछ। 

बागमती प्रदेशको राजधानी हेटौंडामा जारी अधिवेशनमा बिहान ११ बजेदेखि मतदान शुरु हुने निर्वाचन समितिले जनाएको छ। दिउँसो ४ बजे सम्म तोकिएको मतदान सकिएपछि शनिबार नै गणना गर्ने तालिका छ। 

अधिवेशनमा एक हजार ६३० जनाले मतदान गर्नेछन्। नयाँ नेतृत्वका लागि पार्टीको संस्थापन र इतर निटका पत्रकारको दुई वटा प्यानल छन्। संस्थापन पक्षको तर्फबाट अध्यक्षमा अनिता विन्दु र इतर पक्षबाट शिव लम्साल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्।

सम्बन्धित समाचार