२०८३ असार १० गते , बुधबार
भारतीय नम्बरको ट्रेलरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
मोरङको बुढीगंगा गाउँपालिका – २ मा भारतीय नम्बर प्लेटको ट्रेलर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। आज विहान भारतीय नम्बर प्लेटको ट्रेलरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा मोरङ केराबारी गाउँपालिका – ७ का २७ वर्षीय हर्क परियार र २१ वर्षीय भीम बहादुर राई रहेको मोरङ प्रहरीले जनाएको छ।
विराटनगरबाट इटहरीतर्फ गइरहेको भारतीय नम्बर प्लेटको एफ आर ३८ एफ २२१० नम्बरको ट्रेलर गाडीले सोही दिशातर्फ गइरहेको को ३० प ९१०३ नम्बर मोटरसाइकललाई ठक्कर दिएको थियो।
ठक्करबाट मोटरसाइकल चालक परियार र सवार राई गम्भीर घाइते भएका र उपचारका लगि विराट मेडिकल कलेज लगिएको थियो। उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले ठक्कर दिने सवारी र चालक दुवैलाई नियन्त्रणमा लिएको छ।