२०८३ असार १० गते , बुधबार
प्रदेश १ मा ४२८ जना प्रहरी कारवाहीमा
पछिल्लो एक वर्षमा प्रदेश १ मा चार सय २८ जना प्रहरी कारवाहीमा परेका छन् । आर्थिक वर्ष २०७८/७९ को अवधीमा प्रदेश १ को १४ जिल्लामा कार्यरत ४ सय २८ जना प्रहरी कारवाहीमा परेका हुन् । प्रहरी आचरण विपरित काम गर्नेलाई कारवाही गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रदेश १ प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८ सय ६४ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । इमान्दारिताका साथ उत्कृष्ट कार्यसम्पादनका आधारमा सम्मान गरिएको प्रहरीले बताएको छ ।