२०८३ असार १० गते , बुधबार
सिटी सफारीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु
मोरङको पथरी शनिश्चरे नगरपालिका २ स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रदेश १-२-००३ ह ५३८ नम्बरको सिटी सफारीले बाटो काट्दै गरेको स्थानीय आन्न राईको ४ वर्षीया छोरी सिहाङ राईलाई ठक्कर दिँदा घाइते भएकी राईको विराट नर्सिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सिटी सफारी र चालक ४८ वर्षीय मन बहादुर तामाङलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।