२०८३ असार १० गते , बुधबार

आजको मौसम : धेरै स्थानमा भारी वर्षाको सम्भावना 

sajilo news
झापा
२०७९ श्रावण ४ गते , बुधबार
आजको मौसम : धेरै स्थानमा भारी वर्षाको सम्भावना 

देशका धेरै स्थानमा बुधबार भारी वर्षाको सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

लुम्बिनी प्रदेशका एक दुई स्थानमा बिहानैदेखि चट्याङसहित भारी वर्षा भइरहेको छ। राति पनि देशभर पूर्ण बदली रही यी प्रदेश भारी वर्षा हुने अनुमान छ।  महाशाखाले नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। हाल मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू–भागमा सरदर स्थानभन्दा केही उत्तरतिर छ। 

सम्बन्धित समाचार