२०८३ असार १० गते , बुधबार

मोरङबाट अपहरणमा परेकी एक वर्षीया बालिकाको सकुशल उद्धार

sajilo news
झापा
२०७९ श्रावण ४ गते , बुधबार
मोरङबाट अपहरणमा परेकी एक वर्षीया बालिकाको सकुशल उद्धार

मोरङको विराटनगरबाट सोमबार अपहरणमा परेकी एक वर्षीया बालिकाको प्रहरीले सकुशल उद्धार गरेको छ। बालिकालाई भारतको दरभंगाबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए। उनका अनुसार अपहरणमा संलग्न एक महिलालाई समेत नियन्त्रणमा लिएको छ।

मोरङको बुढीगंगा गाउँपालिका १ का दीपेन्द्र यादव र ममता यादवकी एक वर्षीया छोरी निकिसा गत सोमबार अपहरणमा परेकी थिइन्। बालिकालाई दीपेन्द्रकी प्रेमिका अञ्जली साहले अपहरण गरेर दरभंगा पुर्‍याएको अवस्थामा सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ। 

बालिका र अपहरणमा संलग्न साहलाई अहिले नेपाल ल्याउँदै गरेको डीएसपी कार्कीले बताए। उनले बालक र साह बुधवार दिउँसोसम्म प्रहरी कार्यालयमा आइपुगेपछि थप विस्तृत विवरण जानकारी दिए। 

अञ्जलीले छोरी निकिसालाई लुगा किनिदिने भन्दै दीपेन्द्रलाई विराटनगरस्थित रोड शेष चोकमा बोलाएकी थिइन् । दीपेन्द्रलाई चोकको एक होटलमा चिया खान लगाएर अञ्जलीले बालिकालाई लिएर भागेपछि प्रहरीमा उजुरी गरेको थियो।

सम्बन्धित समाचार