भद्रपुरको बिपी चोकमा ट्राफिक प्रहरी बिट स्थापना
भद्रपुर । झापाको सदरमुकाम भद्रपुर- १० स्थित बिपी चोक सम्भावित दुर्घटना रोकथाम गर्ने उद्देश्यले ट्राफिक प्रहरी बिट राखिएको छ । सो ट्राफिक प्रहरी बिटको मङ्गलवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
स्थानीय समाजसेवी गोविन्द लम्सालको अगुवाइमा प्रदेश सरकारको ५ लाख १९ हजार ८ सय १७ रुपैयाँ लागतमा सिद्धार्थ चोकको चौतारोसहित सम्पन्न प्रहरी बिटको भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले उद्घाटन गरेका हुन् ।
स्थानीय समाजको आयोजनामा सम्पन्न कार्यक्रममा बिट निर्माण कार्यका लागि आर्थिक सहयोग जुटाउन सहयोग गर्ने स्थानीय व्यक्ति तथा प्रदेश नम्बर १ का प्रदेश सहसचिव सुमन दाहाललाई दोसल्ला ओढाउनुका साथै ढाका टोपी लगाएर सम्मान गरेका थिए ।
समाजसेवी लम्सालले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पोखरेल, सहसचिव दाहाल, सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने , नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, वरिष्ठ अधिबता लेखनाथ निरौला, हरिकिसोर आचार्य लगायतले मन्तव्य राखेका थिए ।
१० नम्बर वडाअध्यक्ष टेकबहादुर खड्का (काजी)को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन राजन न्यौपाने र स्वागत मन्तव्य दुर्गा पाञ्चायन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रघुनाथ रिमालले राखेका थिए ।