२०८३ असार १० गते , बुधबार
पैनीमा डुबेर झापामा एक बालकको मृत्यु
पैनीमा डुबेर झापामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका- ५ निवासी पूर्णबहादुर लिम्बूको दुई वर्षीय छोरा इनसाहाङ लिम्बु रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।
प्रहरीका अनुसार मेचीनगर- ५ स्थित राममन्दिर टोलमा खेल्ने क्रममा घर अगाडिको पैनीमा बालक डुबेका थिए । घरभन्दा दुई सय मिटर तल पानीले बगाइरहेको अवस्थामा स्थानीयले देखेर निकालेको र तत्काल उपचारका लागि अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषित गरिदिए ।