२०८३ असार १० गते , बुधबार

मृतक बालकको परिवारलाई सहयोग रकम हस्तान्तरण 

sajilo news
झापा
२०७९ श्रावण २ गते , सोमबार
मृतक बालकको परिवारलाई सहयोग रकम हस्तान्तरण 

मेची अस्पतालमा उपचाररत रहेकै अवस्थामा सोमबार मृत्यु भएका बालक विशेष राजवंशीकी परिवारजनलाई १० हजार सहयोग रकम हस्तान्तरण गरिएको छ । 

आफ्ना दाजु ओमप्रकाश गोयलको स्मृतिमा भद्रपुर ६ मूल घर भई केही वर्षदेखि विराटनगर निवासी समाजसेवी दिनबन्धु गोयलले सो सहयोग रकम प्रदान गरेका हुन् ।

गोयलबाट प्राप्त सो राहत रकम प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकर र नेपाल क्यान्सर रिलिफ सोसाइटीका जिल्ला अध्यक्ष रुद्र भुर्तेलले कचनकवल ५, डॅागाबारीस्थित घरमै पुगेर उनका उनका आमा उनिमा र बुबा सुन्दर राजवंशीलाई हस्तान्तरण गरेका हुन । 

सो सहयोग हस्तान्तरणका अवसरमा परोपकारी अभियान समेतमा सक्रिय रहँदै आएका नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष शिव राज भण्डारीले पनि शोकाकुल परिवारजनलाई थप आवश्यक सहयोग गर्ने वचन दिएका थिए । बालक विशेष दुवै मिर्गौला खराब भएर लामो समय देखि उपचार गरिरहेका थिए । 

सम्बन्धित समाचार