२०८३ असार १० गते , बुधबार
काँकडभिट्टामा ४ लाखको लत्ताकपडा र सुपारी बरामद
पूर्वी नाका झापाको काँकडभिट्टाबाट लत्ताकपडा र सुपारीसहित करिब ४ लाख मुल्य बराबरको सामान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका- ६ स्थित काकँकडभिट्टा नाकाबाट भारत तर्फ अवैध रुपैया लैजाँदै गरेको पाँच बोरा सुख्खा सुपारी बरामद गरेको हो ।
त्यस्तै सोही नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको चार पोका कपडा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।
प्रहरीले ५० हजारको सुपारी र ३ लाख ५० हजारको सटिङसुटिङको कपडा बरामद गरेको हो । बरामद गरिएको सुपारी र कपडालाई आवश्यक कारवाहीका लागि आइतबार मेची भन्सार कार्यालय काकँडभिट्टा बुझाइसकेको जनाइएको छ ।