२०८३ असार १० गते , बुधबार
एउटा कारले ६ वटा गाडीलाई दियो ठक्कर
पोखरामा एउटा कारले ६ वटा गाडीलाई ठक्कर दिएको छ । गएराति लेकसाइडको हलनचोकबाट बाराही चोक जाँदै गरेको झापा घर भएका विनायक वलीले चलाएको बा १२ च ६३३९ नम्बरको कारले एउटा ट्याक्सी, दुई वटा मोटरसाइकल र तीन वटा स्कुटरलाई ठक्कर दिएको थियो ।
कारले पार्किङमा रहेको ग १ ज ३८४३ नम्बरको ट्याक्सी, ग २१ प ७३८० स्कुटर, ग २० प ७१६१ नम्बरको स्कुटर, ग ९ प ७३८० नम्बरका मोटरसाइकल, ग ९ प ५०६ नम्बरको स्कुटर, ग ११ प ६७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट कतिपय मोटरसाइकल र स्कुटरमा पूर्णरुपमा क्षति पुगेको कास्कीका प्रहरीले जनाएको छ । कार चालक वली र कारलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।