२०८३ असार १० गते , बुधबार

चट्याङ लागेर एकको मृत्यु, दुई जना घाइते 

sajilo news
झापा
२०७९ असार ३१ गते , शुक्रबार
चट्याङ लागेर एकको मृत्यु, दुई जना घाइते 

ताप्लेजुङमा चट्याङ लागेर बिहीबार एक जनाको मृत्यु भएको छ, भने दुई घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका- २ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा रहेका छन्।

मकै गोड्ने क्रममा चट्याङ लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर सोही ठाउँका १९ वर्षीय निमतेम्वा शेर्पा र १२ वर्षीय निमल्हमु शेर्पा घाइते भएका छन् । घाइते दुवै जना स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार