२०८३ असार १० गते , बुधबार

पृथ्वीनगरबाट भित्राइएको बारुदजन्य विस्फोटक पदार्थ नष्ट

sajilo news
झापा
२०७९ असार ३१ गते , शुक्रबार
पृथ्वीनगरबाट भित्राइएको बारुदजन्य विस्फोटक पदार्थ नष्ट

नेपालमा प्रतिबन्धित बारुदजन्य विस्फोटक पदार्थ (पटाका) सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । भारतबाट अवैध रुपमा लुकाइछिपाई नेपाल भित्राइएको करिब १ लाख ३५ हजार मुल्य बराबरको पटाका  सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट पृथ्वीनगरबाट खटिएको टोलीले तिरुपति चिया उद्योगको पश्चिम चिया बगानबाट बरामद गरेको थियो ।

बरामद गरिएको पटाकाहरू किङ कोब्रा इलेक्ट्रिक क्रेकर बम् एक हजार प्याके , राउन्ड क्रकेर बम् ५० प्याकेट,  रकेट बम् ५० प्याकेट र ग्राउन्ड चक्कर ब्रान्डको बम् ५० प्याकेट रहेको बिओपी पृथ्वीनगरका इन्स्पेक्टर मान बहादुर कटुवालले जानकारी दिए ।

बरामद गरिएको पटाकाहरूलाई शुक्रबार बिहान जनप्रतिनिधि, राजनीति दलका प्रतिनिधि, नेपाल प्रहरी र पत्रकारको रोहबरमा नष्ट गरिएको उनले बताए । विशेष गरी दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी भित्राइने बारुदजन्य पटाकाहरू असार महिनामा भित्रिने थालेपछि सशस्त्र प्रहरीले त्यसतर्फ निगरानी बढाएको हो । 

सम्बन्धित समाचार