२०८३ असार १० गते , बुधबार

झापा टोस्टमास्टर्स क्लबको अध्यक्षमा सन्ध्या राठी 

sajilo news
झापा
२०७९ असार ३१ गते , शुक्रबार
झापा टोस्टमास्टर्स क्लबको अध्यक्षमा सन्ध्या राठी 

झापा टोस्टमास्टर्स क्लबको अध्यक्षमा सन्ध्या राठी सर्वसम्मत चयन भएकी छिन् । बिर्तामोडको सिद्धार्थ होटेलमा क्लबको पहिलो वार्षिक उत्सव “सिम्फनी” कार्यक्रमबाट राठीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेका हुन् ।

त्यस्तै क्लबको शिक्षा उपाध्यक्षमा पुष्पाञ्जली ठकुरी सिन्हा, सदस्य उपाध्यक्षमा मनोज गोयल, जनसम्पर्क उपाध्यक्षमा युवराज चौहान, सचिवमा अमृत बस्नेत, कोषाध्यक्षमा गणेश गुरागाईँ र सर्जेन्ट एट आर्म्समा जंग कुँवर चयन भएका छन् । २०२१/२२ का लागि डिभिजन ओ निर्देशक पंकज प्रधानाङ्गा र २०२१/२२ का क्षेत्रीय निर्देशक टीएम सुब्रथ पौडेलको उपस्थितिमा भएको कार्यक्रममा  क्लबका सदस्यहरूले नृत्य, गायन, रोलिकिङ पर्फमेन्स, सर्प्राइज गिफ्ट ह्याम्पर लगायतका प्रस्तुत गरेका थिए । सोही अवसरमा विभिन्न श्रेणीमा सदस्यहरूलाई पुरस्कृत समेत गरिएको थियो । टोस्टमास्टर्स इन्टरनेशनल, २२ अक्टोबर १९२४ मा “Ralph C. Smedley”  द्वारा स्थापना भएको थियो ।

यो क्लब गैरमुनाफामुखी शैक्षिक संस्था हो जसले सार्वजनिक बोली र नेतृत्व कौशल सिकाउँछ। यसको शाखा विभिन्न १४५ देशहरूमा छन् भने यसको केन्द्रीय कार्यालय अमेरिकामा रहेको छ । नेपालमा सन् १९९१ मा टोस्टमास्टर्स क्लबको स्थापना भएको थियो । हाल नेपालमा १००० भन्दा बढी सदस्य भएका ५५ वटा क्लबहरू छन्।  झापा टोस्टमास्टर्स क्लब २६ आधारभूत सदस्यताको साथ २७ जनवरी २०२१ मा चार्टर्ड भएको थियो । यस क्लबको मिसन भनेको एक पारस्परिक सहयोगी र सकारात्मक सिकाइ वातावरण प्रदान गर्नु हो  । जसमा प्रत्येक सदस्यले सञ्चार र नेतृत्व कौशल विकास गर्ने अवसर पाउँछ । जसले फलस्वरूप आत्मविश्वास र व्यक्तिगत वृद्धिलाई बढवा दिन्छ। चार्टर अध्यक्ष विनीता गोयलले भनिन्, 'क्लबको अहिलेसम्मको यात्रा देख्दा आफू निकै खुसी छु,  यस क्लबको एक हिस्सा हुन पाउँदा धेरै गर्व महसुस भएको छ' । टोस्टमास्टर्समा सामेल मानिसहरूको जीवन परिवर्तित भएको देखेर मेरो आत्मा सन्तुष्टि भएको उनले बताइन् । 

सम्बन्धित समाचार