२०८३ असार ९ गते , मंगलबार

झापामा मोटरसाइकल दुर्घटना परी घाइते भएका गिरीको मृत्यु

sajilo news
रासस
२०७९ असार ३० गते , विहीबार
झापामा मोटरसाइकल दुर्घटना परी घाइते भएका गिरीको मृत्यु

झापा । मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका इलाम, चुलाचुली गाउँपालिका–३ पेल्टिमारीका ३१ वर्षीय नवीन गिरीको उपचारका क्रममै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको झापाको कमल गाउँपालिका – ५ स्थित सीतापुरी सडकखण्डमा यही असार २७ गते साँझ ७ बजेतिर मोटरसाइकलमा सवार गिरी साइकलसँग जुधेर दुर्घटनामा परेका थिए ।
उनलाई घटनास्थलबाट स्थानीयवासीले उद्धार गरी दमकको आम्दा अस्पतालमा पुर्याएका थिए । टाउकोमा चोट भएको उहाँको आम्दामा उपचार हुन नसकेपछि थप उपचारका लागि परिवारले विराटनगरस्थित न्युरो अस्पताल पुर्याएका थिए । त्यहाँ उपचारका क्रममा गएराति मृत्यु हुनुभएको दमक इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेकी साइकलमा सवार एक महिलाको समेत सोही अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार