२०८३ असार ९ गते , मंगलबार
विराटनगरको नाङ्लो रेस्टुरेन्टमा आगलागी
विराटनगरको नाङ्लो रेस्टुरेन्टमा आगलागी भएको छ । विराटनगर- २ मा रहेको ईश्वर बाँस्कोटाले सञ्चालन गरेको रेस्टुरेन्टमा आज दिउँसो १२ बजे आगलागी भएको हो ।
आगलागीमा रेस्टुरेन्ट पूर्ण रुपमा क्षति भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिए । विराटनगर महानगरपालिकाको २ वटा दमकलले आगलागी भएको दुई घण्टापछि आगो नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ । आगलागीको क्षतिबारे विवरण आउन बाँकी रहेको छ । होटेलको ग्यास सिलिन्डरको पाइप लिकेज भएर आगलागी भएको प्रहरीले जनाएको छ ।