२०८३ असार ९ गते , मंगलबार

झापाको बुधबारेमा बोलेरो र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना

sajilo news
झापा
२०७९ असार २९ गते , बुधबार
झापाको बुधबारेमा बोलेरो र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना

मेची राजमार्ग अन्तरगत झापाको बुद्धशान्ति ३ स्थित बुधबारे पहाडी चोकमा बोलेरो गाडी र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ । 

चारआलीबाट इलामतर्फ जाँदै गरेको मे १ ज ३१८९ नम्बरको बोलेरो गाडी र बुधबारेबाट चारआली तर्फ जाँदै गरेको प्र १–०१–०१५ प ३४०३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । 

 दुर्घटनामा परी मोटरसाइकल चालक र उनको पछाडि बस्ने यात्रु गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारको क्रममा बिएण्डसी हस्पिटल बिर्तामोड भइरहेको छ । उनीहरूको पहिचान खुलेको छैन । केहिदिन अघि मात्रै बुद्धशान्ती ४ बर्नेमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो । 

सम्बन्धित समाचार