२०८३ असार ९ गते , मंगलबार
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
सुनसरीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत रामधुनी नगरपालिका २ मा मङ्गलवार राती सवा १० बजे प्रदेश १-०२-०४२ प ३७१३ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेकी स्थानीय ६० वर्षीया रुकमी सरदारलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी घाइते भएकी सरदारको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । यता ठक्कर दिने मोटरसाइकल र चालक रामधुनी ९ सुनसरीका अमन चौधरीलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।