२०८३ असार ९ गते , मंगलबार
काँकडभिट्टामा फेरि सुपारी बरामद
पूर्वी नाका काँकडभिट्टामा फेरि सुख्खा सुपारी बरामद गरिएको छ । तेस्रो मुलुकबाट आयातित सुख्खा सुपारी नेपालबाट अवैध रुपमा भारततर्फ लैजाने क्रममा प्रहरीले मेचीनगर नगरपालिका ६ २४५ किलो सुपारी बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी गस्ती टोलीले सोमवार राति भारततर्फ लुकाई छिपाई लादै गरेको अवस्थामा अन्दाजी १ लाख २२ हजार ५ सय मुल्य बरावरको सुपारी बरामद गरेको हो । बरामद भएको उक्त सुपारी आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइसकेको प्रहरीले जनाएको छ ।