हल्दीबारीमा पारुखुपी बजारको नाम राखियो 'पारोखोपी'
झापाको हल्दीबारी- २ मा रहेको पुरानो पारुखुपी बजारलाई पाराखोपी नामकरण गरिएको छ । हल्दीबारी २ नम्बर वडा कार्यालयमा सोमबार बसेको सर्वदलीय बैठकले इतिहासको आधारमा पारोखोपी राख्ने सर्वसम्मत निर्णय गरेको हो । स्थानीय राजवंशी भाषामा ‘पारो’ को अर्थ परेवा र ‘खोपी’ को अर्थ गुँड भन्ने बुझिन्छ । परा पूर्वकालमा हाल दुर्गा मन्दिर रहेको ठाउँको डाँडामा ठुलो सङ्ख्यामा परेवाहरू गुँड लगाएर बसेका कारण पारोखोपी रहन गएको भन्ने भनाई छ ।
वडाध्यक्ष सुकलाल राजवंशीको अध्यक्षतामा बसेको बैठकमा वडा सदस्यहरू रचना कुलुङ, गणेश मगर, अम्बिका तोलाङ्गी, विष्णुबहादुर राई, नेपाली काँग्रेसका प्रतिनिधि पर्शुराम बजगाईँ , माओवादीका खगेन राजवंशी , एमालेका रोमन प्रसाईँ , राप्रपाका कुमार भण्डारी क्षेत्री , स्थानीय बुद्धिजीवी नरेन्द्रकुमार कार्की, समाजसेवी तथा राजनीतिकर्मी कृष्ण प्रसाईँ , विधिलाल राजवंशी, भूमिलाल राजवंशी , छविलाल राजवंशी , नरेन्द्रकुमार फागोलगायतको उपस्थिति रहेको थियो। त्यस ठाउँमा परेवाको आकृति भएको स्तम्भ निर्माण गरिएको छ ।