२०८३ असार ९ गते , मंगलबार
नदीजन्य पदार्थ उत्खनन गर्ने ४ टिपर र ५ ट्याक्टर प्रहरी नियन्त्रणमा
मोरङको इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय उर्लाबारीले नदीजन्य पदार्थ ढुङ्गा अवैध रुपमा उत्खनन गर्ने ४ टिपर र ५ ट्याक्टर नियन्त्रणमा लिएको छ ।
मोरङको केराबारी गाउँपालिका- ३ स्थित हचुवा खोलाबाट नदीजन्य पदार्थ ढुङ्गा अवैध रुपमा उत्खनन गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले ढुङ्गा लोड भएको को १ त ५२५३, मे १ त ५१०५ र को २ त ७७८२ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको गस्ती टोलीले उर्लाबारी नगरपालिका- ४ मा अवैधरुपमा ढुङ्गा बोकी लैजाँदै गरेको अवस्थामा बा ५ ख ३८०७, मे १ख २८२४, प्रदेश १-०२-००१ ख ८६९५, प्रदेश १-०२-००१ ख ८५५२ नम्बरको टिपर र प्रदेश १-०४-००१ त ४२०, प्रदेश १-०१-००१ त ८५३८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।