२०८३ असार ८ गते , सोमबार

झापाको चारआलीमा हावापानीले बिजुलीको पोल ढल्दा विद्युत् सेवा अवरुद्ध

sajilo news
झापा
२०७९ जेष्ठ २९ गते , आईतबार
झापाको चारआलीमा हावापानीले बिजुलीको पोल ढल्दा विद्युत् सेवा अवरुद्ध

झापा ।  झापाको चारआलीमा बिजुलीको पोल ढल्दा विद्युत् सेवा अवरुद्ध भएको छ । आइतबार दिउँसो हावापानीले रुख लडेर बिजुलीको पोल ढालेको हो । पोल ढलेपछि स्विच काटेर देउनियाँसम्म लाइन चालु गरिएको र क्रेन बोलाएर बिजुलीको पोल उठाउने प्रयास भइरहेको विद्युत् प्राधिकरण अनारमनि वितरण केन्द्रका इन्जिनियर विवभ पौडेलले बताए ।

अहिले चारआली क्षेत्रमा विद्युत् सेवा अवरुद्ध छ ।उनले बिजुलीको पोल बनिसकेपछि चारआली क्षेत्रमा विद्युत् सेवा सुचारु गरिने जानकारी दिए । हिजो पनि सुरुङ्गामा रुख लड्दा ६ वटा बिजुलीको पोल भाँचिएको थियो ।

सम्बन्धित समाचार