२०८३ असार ८ गते , सोमबार
सुनसरीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ६ जना घाइते
सुनसरीको कोसी गाउँपालिका–५ मा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा पैदल यात्री सुनसरीको कोसी गाउँपालिका–७ का अन्दाजी १८ वर्षीय श्रवणकुमार मेहेता रहेका छन् । जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा विराटनगर स्थित विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका जिप चालकसहित ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । को २ च ३९९२ नम्बरको जिप आज बिहान सवा ८ बजे पैदल हिडिरहेका मेहेतालाई ठक्कर दिई अनियन्त्रित भई सडक छेउको रुखमा गएर ठोकिएको थियो ।